Rutgers Classifieds>Rutgers Online Courses>Nitrogen: A Global Challenge (Nepalese)

Nitrogen: A Global Challenge (Nepalese)

About this Course

यो अवस्थालाई विनाशकारी तुफानको संज्ञा दिईएको छ । बढ्दो जनसङ्ख्या बिच खाद्यान्को असमान वितरण, जल र ऊर्जाको सिमितता र जलवायुका कारण तातेको पृथ्वीको यो अवस्था मिठो केकको माथि तितो स्वादको लेप लगाएको जस्तो ‘न टोक्नु न बोकनु’ को रूपमा देखापरेको छ । यी सबै विश्वव्यापी चुनौतीहरूबिच, नाइट्रोजनले महत्त्वपूर्ण समाधानको भूमिका खेल्न सक्छ। नाइट्रोजन के हो र यसले हाम्रो सम्पूर्ण मानव सभ्यतामा कति महत्त्वपूर्ण भूमिका खेल्छ, र आगामी दिनमा प्रकृति को यो सम्पदा हामीलाई कत्तिको फलदायी वा हानिकारक सिद्ध हुन सक्ला भन्ने विषयनै हाम्रो यस अध्ययनको उदेश्य हो। नाइट्रोजनको कथा हामीलाई अनौठो खाल्को, भनौ दन्त्य कथा जस्तो, कथामा पानी एक्कासी रातो हुने र मानिसहरू निलो हुने खालको जस्तो लाग्न सक्छ । नाइट्रोजनको कथामा जल र वायु लाई मित्र र प्रदूषणलाई शत्रु मान्दै, एकादेशमा मासुको भोज भैरहेको र अर्को देशमा अनिकालको अवस्थाबारे बर्णन गरेको पाइन्छ । नाइट्रोजनलाई रसायन साश्त्रीहरुले पिरिओडीक टेबलको एउटा दिक्कलाग्ने कुनामा लगेर थन्काएर राखेकोअवस्था बाट उठेर, अब भने यो पुनरावलोकन गर्ने समय आएको छ | तपाईं जुनसुकै पृष्ठभूमिबाट आएको भए तापनि, यस नवीनतम पाठ्यक्रमले तपाईंलाई नाइट्रोजन र विश्वव्यापी चुनौती सम्बन्धी मुख्य अवधारणाहरू सिकाउनेछ, जसले गर्दा तपाईं यसले प्रतिनिधित्व गर्ने चुनौती र अवसरहरूलाई अझ राम्ररी बुझ्न सक्नुहुन्छ । मुख्य विषयहरूमा खाद्य सुरक्षा, जलवायु परिवर्तन, वायु प्रदूषण, जल प्रदूषण, मानव स्वास्थ्य र अन्य शीर्षकहरू पर्दछन् । शिक्षण विधिकोरुपमा हामी एडिनबर विश्वविद्यालयको प्रणालीलाई आधारमानी सोहि माध्यमबाट सिक्न सक्दछौ । यस पाठ्यक्रमले नाइट्रोजनले मानव सभ्यतामा हुने जोखिमहरू अझै राम्रोसँग कसरी एकीकरण गर्न र मिलाउन सकिन्छ भनेर देखाउँदै यसको विश्वव्यापी चुनौतीहरूको लागि आकर्षक र विशेष दृष्टिकोण प्रदान गर्दछ । नाइट्रोजन र विश्वव्यापी परिवर्तनको अनुसन्धानमा दशकौंको अनुभव भएका प्रशिक्षकहरूद्वारा पढाइ हुने, यो संसारको पहिलो पाठ्यक्रम नाइट्रोजन क्षमता सम्बन्धी न्यूटन- भाभा भर्चुअल सेन्टरको अङ्गको रूपमा बेलायत र भारतको प्रमुख विशेषज्ञहरू बीचको सहकार्य हो ।

Created by: The University of Edinburgh

Level: Introductory


Related Online Courses

Optomechanics is the study of the interaction between light and mechanical systems which can result in the manipulation of the state of both light and the mechanics. The nature of this interaction... more
Computer Numerical Control (CNC) Machining is the process through which computers control machine-based processes in manufacturing. The kinds of machines controlled include lathes, mills, routers... more
This course is designed for the next generation of policy-makers, sustainability consultants or professionals and students from various fields who want an overview of climate change mitigation... more
Los materiales que utilizamos diariamente y los objetos que nos rodean están formados por sustancias químicas cuyas propiedades, aplicaciones y transformaciones dependen del tipo de enlace que l... more
Para el funcionamiento adecuado de una empresa es necesario contar con un abastecimiento permanente de materias primas o mercancías, si este abastecimiento se realiza de manera eficiente, será p... more

CONTINUE SEARCH

FOLLOW COLLEGE PARENT CENTRAL